Flash News

मेरो जिवनको ठुलो युद्ध मध्य मेरो दुब्र्यसन पनि एक थियो

सौजन डिसि सिआन पुनस्र्थापना केन्द्र

जिन्दगि मा केहि समय अरुलाई दिए सायद धेरै समय आफु र आफ्नो स्वार्थ मा बाचेको भएर होला अनौठो र असजिलो थियो तर सुखि र आनन्द महसुस भएको थियो। दुर्वय्सन को दलदल समझिदा आज पनि त्यो अविश्ववास ले कहिकतै पछाउछ नरमाईलो लाग्छ तर अब त्यो पिडा वा दुख मा बस्नु र परिवार,समाज लाई मेरो कारण ले पुर्न असर पुराउन चाहन्न ।यहि सोच लाई नै पुर्नस्थापना भनिदो रहेछ म मेरो उपचार को निम्ती सुधार गृह मा रहदा बुझे ।आज दुई बर्ष तिन महिना भयो नशा संग टाडा छु खुशि छु किनकी मेरो जिवनको ठुलो युद्ध मध्य एक मेरो दुर्वय्सन पनि थियो । पहिलो बच्चा आफ्नो कुलत को कारण ले नै गुमाए दोस्रो बच्चा १ बर्ष को भयो खुशि छु किनकी अहिले यो बच्चा को हरेक कुरा म खुल्ला र शान्त रुप ले हेर्न सक्छु काख मा राखेर खेलाउछु पहिले को बच्चा (सिआन ) संग जिवीत रहदा एक घन्टा पनि काख मा राखिन तर लास काठमान्डौ देखि हेटौडा सम्म चार घन्टा को बाटो काखैमा राखेर ल्याए ।जिवन मा जे जसो भएनि समय र काल ले कसैलाई कुर्दैन समय को खयाल गर्नु जिम्मेवारि उठाउनु लाई नै सफल व्यक्ति तुल्याउछ । ८० % समाज मा हत्या हिन्सा,चोरि,डकैति,बलत्कार ,लडाई लागुऔषध ले नै हुन्छ ।समाज राम्रो हुन कुलत को विक्रिति कम हुनु पर्छ।सबै घर घर बाट यसको निम्ति सोच्नु जरुरि छ।


सम्बन्धित समाचार शीर्षकहरु