Flash News

मैनाली दम्पतीद्धारा चेपाङ प्राविको सम्पूर्ण विद्यार्थीलाई स्वीटर बितरण

हेटौंडा ४ हुप्राचौर निवासी समाजसेवी पोखराज मैनाली र पार्वती मैनालीद्धारा मनहरी ७ चिसापानीमा रहेको चेपाङ प्रावीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई स्वीटर, टोपी र खाजा वितरण गर्नु भएको छ । मैनाली दम्पतीले आर्थिक रुपमा अनि पछि रहेको चेपाङ समुदायमा जाडोको बेलामा न्यानो कपडाको अभावको कारणले केही पनि बिद्यालय जानबाट बन्चित हुन नपरोस भनेर आफुहरुले स्वीटर र टोपी वितरण गरेको बताउनु भयो । साथै आफुहरुले यस्तो कार्यलाई निरन्तरता दिने समेत जानकारी दिनु भएको छ । आफुहरुले स्वीटर, टोपी र खाजा पाएपछि सम्पूर्ण बिद्यार्थीहरु खुसी भएका छन ।


सम्बन्धित समाचार शीर्षकहरु