Flash News

म्याजिकको २ वटा मुढा निकाल्न सक्ने पुलिस प्रशासन साझा बसको विषयमा किन बोल्दैन?”अध्यक्ष शिवाकोटी”

केही दिन अगि मात्रै हेटौंडामा चल्ने म्याजिकबाट ट्राफिक प्रहरी मकवानपुरले ६० वटा मुडा बरामद गरेको छ ।

शनिबार र आइतबार २  दिनमा ३० वटा म्याजिक कारवाहीमा परेका छन् । सिट क्षमता भन्दा बढी यात्रु मुडामा राखेर ओहोर-दोहोर गर्ने म्याजिकलाई प्रहरीले कारवाही गरेको हो ।यो बिसयलाई लिएर अखिल क्रान्तिकारी मकवानपुर क्याम्पस समिति अध्यक्ष रामकृष्ण शिवाकोटी ले आफ्नो सामाजिक सन्जाल मा यस्तो लेखेका छ्न ।

म्याजिकको २ वटा मुढा निकाल्न सक्ने पुलिस प्रशासन साझा बसको विषयमा किन बोल्दैन? बेलुकी ६ बज्न पाएको हुदैन हेटौंडाबाट छुट्ने विभिन्न स्थानहरुमा साझा बस पाईदैन , साझा बसमा बिहे र रिजर्भको जन्ती लिएर हुइकिरहेको हुन्छ ,साझा बसमा कोचाकोच मान्छे हाल्दा पनि जिल्ला प्रशासन मकवानपुर को अगाडि बाट लैजादा प्रशासन किन मौन, म्याजिकको २ वटा मुढा खोज्न सक्ने प्रशासनको ध्यान साझा बस तिर किन जादैन,नियम कानुन म्याजिकमा मात्रै लाग्ने साझा बसमा नलाग्नेहुन्छ र? सम्बन्धित निकायको तत्काल ध्यान जाओस् ।

केही दिन अगि मात्रै उनले सामाजिक संजालमा म्याजिक बाट मुढा बरामद गर्दा यसरी बधाई दिएका थिए ‘हेटौंडामा चल्ने म्याजिकबाट ६० वटा मुडा बरामद सिट नै मुडा भन्ने खबर ले खुशी छायो । तर फेरि २ महिना पछि म्याजिकमा मुढा देख्नु नपरोस्,यसै गरि बेलुकी पख हेटौंडा बाट छुट्ने विभिन्न ठाउहरुमा बेलुकी 6 बज्न पाएको हुदैन साझा बस देखिदैन , बिहे रिजर्भमा हुईरहेको देखिन्छ, त्यसमा पनि मकवानपुरको प्रशासनको ध्यान जाओस् । तपाईले आट गरि म्याजिक बाट मुडा निकाल्नु भएको रहेछ जिल्ला ट्राफिक प्रहरी मकवानपुरका प्रहरी नायव निरिक्षक तपाई हरी बहादुर क्षेत्रि सर लाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु । अब तपाईंको नजर साझा बस तिर लम्कियोस शुभकामना”

बेलुकी पख साझा बस नहुने र यात्रु हरुलाई घर जान असहज हुने , अटोले मनपरी भाडा लिने पाईएको गुनासाहरु पनि पाईएका छ्न भन्दै उनले मकवानपुर खबर लाई जानकारी दिए ।