Flash News

यसवर्ष जनैपूर्णिमा र नामपञ्चमी एकैदिन, पहिले नाग टाँस्ने कि जनै लगाउने ?

काठमाडौं, ९ साउन

आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको हो । रक्षाबन्धन गर्ने दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज २३ गते नै गर्दा हुन्छ ।
तर रक्षाबन्धन र जनै लगाउने कार्य भने नागपञ्चमकीको दिन गर्नुपर्छ । त्यसो भए नागपञ्चमीको दिन आउँदो १३ गते शुक्रबार पहिले बिहान नाग टाँस्ने त्यसपछि रक्षाबन्धन गर्नु उपयुक्त हुने ढुंगेलले बनाउनु भयो ।


सम्बन्धित समाचार शीर्षकहरु