Flash News

युएईमा कार दुर्घटनामा नेपालीको मृत्यु

चैत ५  – युएईमा कार दुर्घटनामा परेर एक जना नेपालीको ज्यान गएको छ । युनाईटेड सेक्युरोटी ग्रुप कम्पनी अन्तर्गत अलऐनमा कार्यरत कन्चनुपर दैजी २ बसन्तथलाका निराजन शाहीको गएको बिहीबार राति काम सकेर फर्कंदै गर्दा कार दुर्घटनामा परेर ज्यान गएको हो ।

कम्पनीकै सुपरभाइजर लगायत साथीहरुसँग बवादी मल नजिकै सारीकातमा रहेको कम्पनीको कोठामा फर्कर्ने क्रममा टायरमा खराबी आएर कार दुर्घटना भएको कम्पनीले जानकारी दिएको छ । दुर्घटनामा अरु देशका २ जना पनि घाइते भएका छन् । उनीहरुको अलऐनमा रहेको अलजिमी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ज्यान गुमाएका शाहीको बुवाआमा, एक दिदी र भाइ हुनुहुन्छ । शाहीको गृह जिल्ला र त्यस क्षेत्रबाट युएईमा आई संगठित भएको सुदूरपश्चिम सेवा समाजले कम्पनीको कार्यक्षेत्र, घटनास्थल र अस्पतालसम्म आफ्नो प्रतिनिधि पठाएर शव सकेसम्म छिटो नेपाल पठाउने तयारी थालेको समाजका अध्यक्ष चेतन थापाले जानकारी दिनुभयो ।