Flash News

युवाले नै दिए चुनौती युवा संघको निर्णयलाई

युवा संघको निर्णयलाई युवाले नै दिए चुनौती
नेकपा एमाले निकट भातृ संगठन युवा संघभित्र अहिले भाडभैलो मच्चिएको छ । विभिन्न जिल्लामा क्रियाशिल युवा संघका नेता तथा कार्यकर्ता दुईधारमा बाढिएका छन् । सबैले आ–आफ्नै तवरले टिकाटिप्पणी गर्न थालेका छन् । जीवनको डेढ दशक युवा संघमा विताएका जिल्लाका लोकप्रीय युवा नेता पार्टीले गरेको निर्णयको विरोधमा छन् । न्यायोचित तवरबाट निर्णय नभएको भन्दै रामेछापका युवा नेता सोनु रोका क्षेत्री पनि आक्रोशित छन् । उनी लामो समयदेखी युवा संघको सक्रिय राजनीतिमा छन् । युवाहरुलाई उद्यमी बन्नुपर्छ भनेर अभियान चलाउँदै आएका उनी प्रखर वक्ता युवा नेता हुन् । खेलकुद, विकास निर्माण लगायतका क्षेत्रमा काम गर्दै युवालाई संगठित गर्दै जिल्लामा रहेर भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई जिताउन उल्लेख्य भूमिका खेला उनी यसो भन्छन् ः
‘आज युवा संघ नेपालको माहाधिवेशन आयोजक कमिटी र केन्द्रिय सदस्य मनोनीत गर्दै गर्दा व्यक्ति विशेष मान्छे मनोनीत र स्थाई कमिटीले गुटको नाम अनि कोटाको हिसाबमा आज आयोजक कमिटी खडा गर्नु भयो । आज जति सहजसँग गर्नु भएको छ नि त्यो तपाईंहरुलाई नै माहाधिवेशनमा काउन्टर दिने कमिटी गठन गर्नु भएकोमा तपाईंलाई हृदय देखिनै बधाई तथा शुभकामना दिन चाहन्छु । आज राजनीति भनेको यहि रैछ भन्ने अनुभुती भैरहेको छ । आज तपाईंहरुसँग डाडु, पनिउ आफ्नै हातमा छ र कसलाई कति हाल्ने भनेर बाडफाड गर्दै हुनुहुन्छ हैन ? अब त माहाधिवेशन पनि लाग्यो होला ? जिल्ला जिल्लामा गुटको राजनीति पनि सन्चालन गर्ने होला हैन ? अब अस्ति जे भयो भयो अब त्येस्तो हुदैन माफ गर भन्दै भोट पनि माग्ने होला हैन ? अब म भन्न चाहन्छु आदरणीय देशै भरी छरिएर रहनुहुने युवा संघ नेपालका बफादार कार्यकताहरु हार्दिक अभिवादन सहित लाल सलाम माथी उल्लेखित विषय तपाईं हामी माझ निकट भविष्यमा नै आउदै छ । यसको बदला एकएक हिसाब किताब लिन तपाईहरु पछि नपर्नुस हामी छौ तपाईंहरुको साथमा । हामी बफादार कार्यकर्ता माथी भएको हमलालाई घोर भत्सर्ना गर्दै सम्पुर्णलाई तत्काल माहाधिवेशन गराउनको निमित्त लागि परौ, अन्तिम लडाई माहाअधिवेशनमा हुनेछ ।
मन्त्रीको पछि लागेर र वरिस्ठ नेताको कोटाबाट केन्द्रिय सदस्यमा मनोनित हुनेहरु आउ एकपटक विचारको लडाइँ लडेर हेरौ । जमाना बद्लिसक्यो सक्छौ भने तिम्रो सदस्यता त्यागेर आउ महाधिवेशनमा विचारको लडाइँ लडौ । अलिकति लाज हुनुपर्ने हो सदस्यता दिनेहरूलाई, यसरी नै नातावाद कृपावाद हावी हुने हो र संघर्ष गरेर आएका होनाहार युवाहरूलाई मिल्काएर चाप्लुसी र चाकडी बाझहरुलाइ हालीमुहाली गर्न दिने हो भने हाम्रो गौरवमय इतिहास बोकेको पार्टी र भातृ सङठन युवा सङ्घ नेपाल मात्र एउटा विचारहिन, गतिविहिन, मृत र जड सुत्रवादिहरुको झुंडमा सिमित हुनेछ । हिम्मत छ आउ लडौ नेपाली माटो साक्षी राखेर विचारको लडाइ तर छैन हिम्मत भने सोध आफूले आफैलाइ कतै नातावाद र कृपावाद अनि चाप्लुसिकरण्ले सिद्याउँदै त छैन हाम्रो सङठनलाइ ? सर्व स्वीकार्य भएको विजय पो विजय हो । पाउ पसारेर अर्काले टिका लगाएर दिएको पदमा सिन्दुर अविरको जात्रा नदेखाएकै राम्रो । मागेर केन्द्रिय सदस्य हुनुभन्दा डाडुमा पानी ततायेर मरे हुन्छ । हेक्का रहोस अध्यक्ष मन्डललाइ हाम्रो इतिहास रातो र तातो रगतसँग लतपतिएको छ यदि कोहि कसैले मुठिभित्र सङठनलाई नचाउन र चालाउन खोज्छ भने हामी पनि हातमा दहि जमायेर बस्नेछैनौ । हामीलाई हाम्रो संगठन प्यारो छ, तिमीहरुको पद होईन ।’