Flash News

राईगाउँमा नमुना वडा बनाउन सरसफाई

बाग्मती, १४ साउन । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा नमुना वडा बनाउने उदेश्य सहित शनिबार सरसफाई सुरु गरिएको छ । प्रत्येक शनिबार वडालाई सरसफाई गरिने योजना सहित कार्यक्रमको सुरुवात गरिएको स्थानीय राजेन्द्र योञ्जनले जानकारी दिएका छन् ।
सरसफाईका लागि वडाका प्रत्येक घरबाट १–१ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने गरी स्थानीयहरु आफै सरसफाईका जुटेका हुन् । राईगाउँ युवा क्लबको आयोजनामा सुरु भएको सरसफाई कार्यक्रममा २ नम्बर वडापालिका र स्वास्थ्य चौकीले समेत सहयोग गरेका छन् । सरसफाईमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु आईभिडएस ९क्ष्ख्म्क्० ले उपलब्ध गराएको हो ।
क्लबका उपाध्यक्ष बिमला गोलेको अध्यक्षतामा सुरु भएको सरसफाई उद्घाटन कार्यक्रममा बाग्मती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जगतबहादुर भोलन, आईभिडएसका सदस्य राजेन्द्र गोले, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार शीर्षकहरु