Flash News

राप्रपाले चुनावमा तालमेल र सरकारमा सहभागीको विषयमा निर्णय गर्ने

मकवानपुर÷२३ असोज
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमान्डौँमा सुरु भएको छ। बैठकमा चुनावी तालमेल सगैँ पार्टी सरकारमा सहभागी हुने विषयमा निर्णय हुने पार्टी सह महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभएको छ।केन्द्रिय कार्यालय धुम्बाराहिमा शुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे समितीमा जानकारी गराउनुहुने छ। त्यसमाथि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यले धारणा राख्ने कार्यक्रम रहेको छ। बर्ताैलाका अनुसार आजको बैठकले काग्रेस सँग तालमेल गरेर चुनावमा जाने निर्णय भएमा सरकारमा सहभागी हुने निर्णय पनि गर्ने सम्भावना रहेको छ ।


सम्बन्धित समाचार शीर्षकहरु