Flash News

राप्रपा मकवानपुरले मुख्यमन्त्रीको कार्यलयमा धर्ना दियो

हेटौँडा,२५ चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय हेटौँडाको गेटमा धर्ना दिएको छ ।  आज राप्रपाको पार्टी कार्यालयबाट र्याली सहित पुगेको टोलीले देशब्यापी कार्यक्रम अन्र्तगत आज मुख्यमन्त्री कार्यालयमा धर्ना दिएको हो ।

सनातन हिन्दु राष्ट्र निर्माण, राजतन्त्र पुनस्थापना, गोलमेच सम्मेलन गर्नुपर्ने लगाएतको माग गर्दै राप्रपाले धर्नाको आयोजना गरेको हो ।
पछिल्लो समय देशब्यापी रुपमा आन्दोलनमा रहेको राप्रपाले हिन्दु राष्ट्र निर्माणको लागि हस्ताक्षर कार्यक्रम सहितको विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।