Flash News

राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक सुजिल कर्माचार्य,राजराज सिवाकोटी र लोक गायक शिव हमालको प्रस्तुति

हेटौंडामा गत शनिबार बाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज आईतबार गायक सुजिल कर्माचार्य, गायक संगितकार राजराज सिवाकोटी र लोक गायक शिव हमालको बेजोड प्रस्तुति रहने आयोजक मकवानपुर उद्योग वाणिज्य सघंले जनाएको छ ।मेलामा हिजो गायक निशान भट्टराई तथा लोक दोहोरी गायक निशा लामा र सुनिल थापा को प्रस्तुति रहेको थियो ।

मेलाको मुख्य आयोजकमा मकवानपुर उद्योग वाणिज्य संघ आफै रहेको छ भने संरक्षकमा जिल्ला समन्वय समिमि मकवानपुर र हेटौँडा उपमहानगरपालीका कार्यलय रहेको छ।तेसैगरि प्रवद्र्घकहरुमा भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंबर तिन,उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्रालय,पर्यटन विकास परियोजना प्रदेश नंबर तिन,प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना,कृषि व्यवसाय प्रवद्घन कार्यक्रम,नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंबर तिन र नेपाल पर्यटन बोर्ड रहेका बताईएको छ।मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट उद्योग रहेको छ।

मेलामा नि: शुल्क बस सेवा र  नि: शुल्क स्वास्थ्य सेवा रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अवलोकन गर्न सहज होस भन्ने हेतुले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म नि: शुल्क ओसार पसार गर्ने संघले जनाएको छ । हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक शितलमहल चोकबाट बस सेवा हुने संघले जनाउको छ ।मेला फागुन २८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

sources -khaberbreak