Flash News

लिभरपुल प्रिमियर लिगको कमजोर टोलीसँग पनि पराजित

माघ ९ – इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ । अंक तालिकाको पुछारमा रहेको स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक भयो ।

यो हारले चौथो स्थानको लिभरपुलले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । लिभरपुलको २४ खेलबाट ४७ अंक छ । चेल्सीको भने ५० अंक छ । तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको ६५ अंक छ ।

पुछारको स्वान्सीले जितपछि १९ औं स्थानमा रहेको वेष्ट्रब्रोमको बराबरी अर्थात २० अंक बनाएको छ । १८ औं स्थानमा रहँदै रेलिगेसनको खतरामा नै रहेको साउथह्याम्पटनको २२ अंक छ ।

source:unn

 


सम्बन्धित समाचार शीर्षकहरु