Flash News

विद्यार्थी परिचयपत्रमा छुट नदिदा हेटौडा मा सवारी परे कारबाही मा

Post Views : 551 Views

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले केहीदिनअघि साझा यातायातहरुले विद्यार्थीलाई सहुलिएत गर्नुपर्ने र बेलुका ६ बजेपछि हेटौंडा बजारबाट हेटौंडाका विभिन्न स्थानमा जाने साझा सवारीसाधन नपाईने अनि अटोरिक्साको भरपर्दा विद्यार्थी मर्कामा पर्ने भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सो पत्र बुझेपछि मकवानपुरका सिडिओ तामाङले केहि दिन अघि सरोकारवालाहरुसंग छलफल गरेर साझा यातायातमा विद्यार्थीका लागि ४५ प्रतिशत छु्ट गराउने निर्णय गरेका थिए।   ।

बेलुका ६ बजेपछि हेटौंडा बजारबाट हेटौंडाका विभिन्न स्थानमा जाने साझा सवारीसाधन नपाईने अनि अटोरिक्साको भरपर्दा विद्यार्थी मर्कामा पर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी तामाङ्सहित नारायणी यातायातका अध्यक्ष ज्ञानेन्द्र कार्की, मकवानपुर साझा यातायातका रविन्द्र केसी लगाएत विद्यार्थी प्रतिनिधीहरु रामकृष्ण सिवाकोटी, विकेव जयसवाल, पुजन न्यौपाने लगायतकाले बैठक बसेर सो निर्णय गरेका हुन् । बैठकले विद्यार्थी परिचयपत्रको आधारमा सवारी साधनले छुट दिने, साझा बसमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने , टेम्पो तथा मझौला व्यवसायी संघद्वारा संचालित सवारीमा पनि विद्यार्थीहरुलाई प्रचलित नियम अनुसार छुट र विद्यार्थीहरुलाई मध्यनजर गर्दै बेलुका ७ बजेसम्म सवारी साधन संचालन गरिने निर्णय भएको  थियो ।

मकवानपुरका सिडिओ अस्मान तामाङले सो निर्णय चैत्र १ सम्ममा लागु गराउने पनि बताएका थिए।   । आज बाट  सो नियम  लागु भयको छ।केहि सवारी ले सो  नियम  पालना  नगर्दा  आज रु ,१५०० को चिट काटेको भन्दै  रामकृष्ण शिवाकोटी ले जानकारी  दिनु  भयो, र उहा ले विद्यार्थीको पोशाक, विद्यार्थी परिचयपत्रमा छुट नदिदा मोबाइल नम्बर :- 9844269771  मा जानकारी  दिन सक्नुहुन्छ। ट्राफिक प्रहरी त्यही पुग्ने छ्न। भनेर  मकवानपुर खबर लाइ  जानकारी  दिनुभयो।