Flash News

विद्युत सर्ट भएर आगलागी हुँदा एक घर नष्ट

मकवानपुर÷२६ जेष्ठ
विद्युत सर्ट भएर आगलागी हुँदा हेटौडा १३ पदम पोखरीमा एक घर जलेर नष्ट भएको छ। पदमपोखरीको बानिया टोल स्थित नवराज थिङको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । २ तले घरमा भएको आगलागी बाट जग्गा वेचेर राखिएको ५ लाख नगद सहित १२ लाखको क्षती भएको प्रहरीले जनाएको छ। आज दिँउसो लागेको आगो नेपाल प्रहरी,दमकल र स्थानीयको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।


सम्बन्धित समाचार शीर्षकहरु