Flash News

विश्वशान्ती पुजाको दोस्रो दिन भक्तजन तथा दाताको संख्या बृद्धी, १४ लाखभन्दा बढी संकलन

१९ माघ, मकवानपुर । पुर्वि मकवानपुरको बकैया ५ श्रीपुरमा रहेको प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जारी मकवानपुरमै पहिलो पटक विश्वशान्ती पुजाको दोस्रो दिनमा १४ लाखभन्दा बढी संकलन भएको छ ।

विद्यालयको भौतिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माघ १८ देखी जारी बिश्वाशान्ती पुजामा भक्तजन तथा दाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । पुजामा दुर्गमाई वन समुह रु. ५ लाख ६ सय ५, प्रभात माध्यामिक विद्यलय व्यवस्थापन समिति अध्यक्ष देवजित जिम्बा रु. १ लाख १ सय ११ र पुजा मुल आयोजक समिति संयोजक तथा बकैया ५ वडा अध्यक्ष शेरमान घलान रु. ५० हजार ५ दान प्रदान गरेका छन । त्यसैगरी राजेन्द्र थिङ रु. २१ हजार ५ सय, अमर लामा २५ हजार २ सय ८२, जनम लामा २५ हजार २ सय ८२ कञ्चन माझी १० हजार २ सय ९९, लेखनाथ जिम्बा १० हजार २ सय ९९ लगायत अन्य दाताहरुबाट पुजाको दोस्रो दिन आज १५ लाखभन्दा बढी संकलन भएको मुल आयोजक समिति संयोजक शेरमान घलानले जानकारी दिए ।

२०३४ सालमा स्थापित बिध्यालयमा ९० प्रतिशत तामाङ समुदायका बिध्यार्थिले अध्ययन गर्दछन । बिभिन्न ६ भाषमा ५० भन्दा बढी देशमा बौद्ध दर्शन सम्बन्धी प्रबचन दिई सक्नु भएका परम पुजनिय धर्म गुरु खेन रिम्पोक्षे गेशे ङिमा तामाङद्धारा नेपाली भाषमा प्रबचन, दिर्घाय्ुको अभिषेक (वाङ) अहिंसा र शिक्षाको सन्देश प्रदान तथा बिश्वशान्ती पुजा भव्य रुपमा भईरहेको छ । पुजाबाट सङ्कलित रकमले विद्यालयको भौतिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि र भुकम्पबाट क्षती भएको भवनको पुनःनिर्माण योजना रहेको मुल आयोजक सदस्य सचिब केदार अर्यालले बताए । भोली अन्तिम दिन भएकोले भक्तजनहरुको भिड अझ बढ्ने अनुमान गरिएको छ । १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पुजाबाट ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

 


सम्बन्धित समाचार शीर्षकहरु