Flash News

विश्व वातावरण दिवस २०७६ कार्यक्रमको दोस्रो दिन रक्तदान

Post Views : 60 Views

हेटौंडाः हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा “स्वच्छ वायु, स्वस्थ जिवन“ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ मनाईरहेको छ । दिवसको अवसरमा भइरहेको साताव्यापी कार्यक्रमको दोस्रो दिन रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली, वडा सदस्य जुना दाहाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शालिकराम पुडासैनी, टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी लगाएत विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।