Flash News

श्वेताले दयाहाङलाई लिएर ‘कान्छि’ बनाउँदै

फागुन, काठमाडौं । अभिनेत्री श्वेत खड्का अभिनय क्षेत्रमा फर्कने पक्का भएको छ । चलचित्र ‘कोहिनुर’ पछि अभिनयमा नदेखिएकी श्वेता आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’ बाट अभिनयमा फर्कने भएकी हुन् ।आकाश अधिकारीले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता दयाहाङ राइसँग अभिनेत्री श्वेताले स्क्रिन शेयर गर्नेछिन् । कायाफिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नयाँ बर्षमा मात्र काम सुरु हुनेछ । पति अभिनेता श्रीकृष्णको शोकका कारण उनले ‘कोहिनुर’ पछि चलचित्र अभिनय गरेकी छैनन् । कान्छी नामको चलचित्र धेरै पहिले निर्माण भएको थियो । केहि दिन अघि मात्रै श्वेताले एकिकृत नमुना बस्ती निर्माणको योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । स्व् अभिनेता श्रीकृष्णको जन्म जिल्ला सिन्धुपाल्चोकको भुकम्पले क्षतिग्रस्थ ६५ घर धुरी तथा ३७५ जनसंख्या रहेको उक्त बस्तीमा बन्ने बस्तीको योजनामा सहयोग गर्ने बताएकी थिइन् ।