Flash News

सफलताको शिखरमा पुग्दै स्वर कि धनी सरु

सहबान अन्सारी
काभ्रेपलान्चोकको कटुन्जे वडा नं. ४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि सरु गौतम अहिले सफलताको शिखर चुम्ने तरखरमा छिन ! उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हाँसिल गरेपछि उच्च शिक्षाका लागी कन्या क्याम्पस काठमाण्डौ बाट ब्याचलरको शिक्षा हाँसिल गरिन त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा निरन्तर सन्घर्ष गर्दै आएकी छिन ! सरुले आफ्नो जिन्दगीको यात्रामा धेरै सफलता हात पारेर यस क्षेत्रमा आफ्नो स्थान हाँसिल गरेकी बताउछिन ! एकदम नम्र स्वभाव, सुन्दरता कि धनी, कला कृतीले भरिएकी, स्वर कि धनि हुन भन्छन उनका फ्यानहरु उनि “अपार माया हाम्रो कहिले टुटदैन“ बोलको सुमधुर गित बाट साङ्गितिक यात्रा सुरुआत गरेकि सो गित बाट निकै प्रसंशा प्राप्त गरेपछि हाल सम्म उनले करिब ५ दर्जन गितहरु रेकर्ड गराउन सफल भएकी उहाँ बताउछिन ! आफ्नो सुमधुर आवाजले “साईला मेरो साईला, तिम्रो र मेरो सम्बन्ध छुटयो“ लगायत गितहरु बाट निकै चर्चा पाएपछि सरुको आफ्नै शब्द रहेको “के यो माया हो “ को गित निकै चर्चा पाएपछि यो गित ओएस नेपाल म्युजिक अवार्ड २०७४ मा नोमिनेशनमा पर्न सफल भएको हो ! ओएस नेपालको आयोजनामा आयोजित ओएस नेपाल म्युजिक अवार्ड यहि भाद्र ३ गते हुने भएकोले उक्त समारोहमा आधुनिक महिला गायीका मध्ये उत्कृष्ट पाँचमा पर्न सफल हुन भएकोले सरुले आम नेपाली दर्शक, श्रोता, सुभचिन्तक लगायतहरुको साथको अपेक्षा गरेकी हुन ! ओएस नेपाल म्युजिक अवार्ड २०७४ नोमिनेशनमा आफुलाई जिताउनको लागी सबैलाई आग्रह समेत गरेकी हुन !
सरु गौतमलाई भोट हाल्नको लागी मोबाईलको म्यासेज बक्समा गई ठुलो अक्षरमा (इक्ल्ः ज्ञढब्) टाईप गरी (घघण्ण्ज्ञ) मा पठाउन सकिने छ !


सम्बन्धित समाचार शीर्षकहरु