Flash News

सरकारी चालकहरुलाई ओभरटेक गर्ने प्रशिक्षण।

Post Views : 99 Views

हेटौडा -२८ जिल्ला ट्राफिक कार्यालय मकवानपुरले दुर्घटना न्यूनीकरणको लागि चालकको स्वाथ्य ,आखा चेक गर्ने देखि लिएर बिभिन्न सचेतना मुलक कार्यक्रम पनि संचालन गर्दै आएको छ। यहि कार्यक्रम अन्तर्गत आज ट्राफिक नियमको पालना गराउने उदेश्यका साथ प्रदेश मन्त्रालय र जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका चालकहरुलाई अन्तररास्ट्रिय प्रचलन अनुसार साइड लाइट प्रयोग गरि ओभरटेक गर्ने र गर्न दिने तरिका बारे प्रशिक्षण दिएको छ। हेटौडा उपमहानगर पालिका वार्ड न -२ स्थित जिल्ला समन्वय समितिको हलमा भएको प्रशिक्षणमा ४५ जना चालकहरुको सहभागिता रहेको थियो। जिल्ला ट्राफिक प्रमुख बिरेन्द्र कुमार ठाकुर समेतको टोलीले दिनको १२. ०० बजे देखि १. ३० बजे सम्म दिएको प्रशिक्षणमा ओभरटेक गर्ने सहि तरिकाको साथै अन्य सडक सुरक्षा सम्बन्धि बिशेष जानकारी गराएको थियो।