Flash News

सरकारी बाईक दुरुपयोग प्रकरणः नगरपालिकाका कर्मचारी नालामा भेटिए

Post Views : 268 Views

राति सरकारी बाईक लिएर हिँडेका  हेटौडा उपमहानगरपालिकाका कर्मचारीमादक पदार्थ सेवन गरि नालामा लडेको अबस्थामा फेला परेका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ मा बेवारिसे अवस्थामा सरकारी बाईक भेटिएको थियो । बाईक भेटिएको स्थान बाट केही पर नालामा सुतिरहेको अवस्थामा नगरपालिकाका कर्मचारी फेला परेको प्रहरीले जनाएको छ। यस अघि ना १ ब १९०४ नंम्वरको सरकारी  बाईक हेटौडा उपमहानगरपालिकाको भएको र किन र कसरी दुरुपयोग भयो भन्ने विषयमा आफुले भोली जानकारी लिने मेयर महतले बताएका थिए । स्थानियका अनुसार चालक मादक पदार्थ सेवन गरि अपशब्द बोल्दै हिडेका थिए । ब्यवारिसे वाईक जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।