Flash News

सरस्वतीलाई कुमारी गुल्मको सहयोग ।

सागर सापकोटा
मकवापनुर÷१८ असोज
मध्य पृतना हेड क्वाटर सुपारेटारमा रहेको कुमारी दल गुल्मले एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ। आज एक कार्यक्रमका विच हेटौडा ११ नवलपुरमा रहेको सरस्वती प्राथमीक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । गुल्मको तर्फवाट सगुन समसेर जवराले ४ बटा ह्वाईट बोर्ड सहित रजिस्टर, कपि कलम लागाएतका शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक सीता सापकोटालाई हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका वडा नंम्वर ११ का अध्यक्ष गोकण पराजुलीले शैक्षिक क्षेत्रमा सुधार ल्याउन यस्ता सहयोगले महत्वपुण भुमिका खेल्ने बताउनु भयो । सो विद्यालयमा १५० जना विद्यार्थी अध्यनरत छन् ।


सम्बन्धित समाचार शीर्षकहरु