Flash News

साझा सवारीले लापरवाही गरेको भन्दै विद्यार्थी संगठन ले दिए ज्ञापनपत्र

Post Views : 133 Views

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मकवानपुरमा साझा सवारीहरुको लापरवाहीले विद्यार्थीहरुलाई मर्कामा पारेको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बेलुका ६ बजेपछि हेटौंडा बजारबाट हेटौंडाका विभिन्न स्थानमा जाने साझा सवारीसाधन नपाईने अनि अटोरिक्साको भरपर्दा विद्यार्थी मर्कामा पर्ने गरेको भन्दै विद्यार्थीहरुले प्रजिअ तामाङ्समक्ष ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा विद्यार्थी परिचयपत्रको आधारमा सवारी साधनले छुट दिनुपर्र्ने, साझा बसमा ४५ प्रतिशत छुट पाउनुपर्ने, टेक्पो तथा मझौला व्यवसायी संघद्वारा संचालित सवारीमा पनि प्रचलित नियम अनुसार छुट पाउनुपर्ने जस्ता माग राखिएका छन् ।

प्रजिअ तामाङ्लाई ध्यानाकर्षणपत्र बुझाएपछि तु खबरसंग कुराकानी गर्दै विद्यार्थी रामकृष्ण शिवाकोटीले साझा यातायातका सवारीहरुले विहेको जन्ती लिएर हिड्ने , अत्याधिक यात्रु कोचेर हिड्ने जस्ता लापरवाही गरिरहेको भन्दै त्यस विषयमा पनि सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।
प्रजिअ तामाङले आफुहरुलाई थप छलफलको लागि सोमबार बोलाएको समेत रामकृष्ण शिवाकोटीले जानकारी दिए ।