Flash News

सिआन के हो ?

मकवानपुर

सिआन पुनस्र्थापना केन्द्रको जन्म २०७३ मंसिर २२ गते भएको हो । केन्द्रमा बिभिन्न उमेर जातीय,समुदायका ब्यक्तिहरु दुब्र्यसनको कुलतमा परि आफ्नो अमुल्य जीवन गुमाउदै हुनुहुन्छ उहाँहरुलाई आफ्नो जीवनको मुल्य र मान्यताको साथ.साथै आफ्नो गाउँ समाजसँग कसरी ब्यवहारिक भएर जीवन बिताउन सकिन्छ भन्ने ज्ञानका साथ पुनस्र्थापित गराईन्छ ।
सिआन भन्नासाथ सिआन परिवारको कता कता भावना गासिएको रहेछ। किन भनेर बुझ्न खोज्दा सिआन परिवारको जवाफ यस्तो थियो “लागुऔषध दुब्र्यनमा फसेर कयौँ ब्यक्तिले ज्यान गुमाएका छन् र सिआन भनेको एउटा बालक थियो जसको मृत्युको कारण उसको बाबुको दुब्र्यसन नै थियो” ।सिआन आज यस संसामा नभए पनि सिआनलाई जिउदो राख्न सिआन परिवार लागि परेको छ। र दुब्यसनको कारण कुनै पनि घर परिवारको सदस्यले अकालमा ज्यान गुमाउन नपारोस भनेर सिआनले आफ्नो कृयाशील कृयाकलाप गर्दै आइरहेको छ र भविस्यमा प्रभावकारी ढंगले गाउँ,समाज र परिवारलाई समेटेर दुब्र्यसनी विरुद्ध कार्य गर्ने योजना बनाएको छ। त्यसै योजना मध्य सिआन परिवारले महिला पुनस्र्थापना केन्द्रको लागि पनि कार्ययोजना बनाएको छ। यसमा समाज सरकारी निकायसँग सहयोगको अपेक्षा पनि गरेको छ। संस्थाको कार्यक्रम संयोजनक निर्मल विडारीले भन्नुभयो “सिआन ब्यक्तिगत नभइ सामाजिक संस्था हो र यसलाई आफ्नो सम्झि सबैले मायाँ र प्रेरण दिनुहुन्छ भन्ने हामी आशा गर्दछौ”