Flash News

सिमाले लगाईन् मिसेस मकवानपुरको ताज

Post Views : 48 Views

हेटौंडा लेडि जेसिजले आयोजना गरेको मिसेस मकवानपुर -२०१९को ताज हेटौंडा ११ निवासी सिमा तिमल्सिना कार्कीले जितेकी छिन्, । आज हेटौंडामा भएको सोमा उनले ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजयी भएकी हुन्, । विजेता संगसंगै उनले दुइवटा टाइटल समेत जित्न सफल भइन्, । उनले नगद १० हजार सहित मिसेस भ्युअर च्वाइस र मिसेस कन्फ्रीडेण्ट टाइटल जित्न सफल भइन्, ।

मिसेस मकवानपुर-२०१९को फस्ट रनरअप  हेटौंडा ४ की लिलु पुलामी मगर भइन्, भने सेकेन्ड रनरअप  हेटौंडा १४ की माया घलान भइन्, । कार्यक्रममा विजेताले ३० हजार, फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १५ नगद सहित प्रमाणपत्र, अवार्ड र ताज प्राप्त गरेका थिए ।

साहित्यकार / प्राध्यापक निमेष निखिलको संयोजकत्वमा पाँच जनाको निर्यायक मण्डलले पहिलो चरणमा १२ जना बाट ९ जनामा प्रतिस्पर्धी छनौट गरिएका थिए । जसमा सपना लामा, एलिना मानन्धर र अमिता चौधरी बाहिरिए । त्यस लगतै ९ जनाबाट ५ जना प्रतिस्पर्धी छनौट गर्दा संगीता जोशी डंगोल,जानुका सापकोटा,अस्मिता पराजुली र सुनिता तामाङ मानन्धर बाहिरिए । उनीहरु बाहिरिए पश्चात उत्कृष्ठ पाँचमा नितु दाहाल, रोजी विडारी, सिमा तिमल्सिना कार्की, लिलु पुलामी मगर र माया घलान बीच प्रतिस्पर्धा गराइएको थियो ।