Flash News

सुख्खा पहिरोले डोजर पुरिदा २ जनाको घटनास्थलमै मृत्यु ।

Post Views : 187 Views

मकवापनपुरको राक्सिराङ गाउँपालिका ८ स्थित थाहाढुंगामा सुख्खा पहिरोले डोजर पुरिदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। ज्यान गुमाउनेमा चितवन शक्तिखोरका रोशन बुढाथोकी र सन्दिप श्रेष्ठ रहेका छन् । डोजरसहित २ जनाको शव पुरिएको अबस्थामारहेको बताइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा त्यस क्षेत्रमा ग्रामीण कृषि सडक निर्माण भइरहेको थियो ।