Flash News

सुत्केरीको मृत्यु भएपछि हेटौँडाको सहकारी अस्पताल तनावग्रस्त

हेटौँडा,२८ बैशाख-सुत्केरी गराउन हेटौँडा १ मा रहेको सहकारी अस्पतालमा ल्याएको एक महिलाको मृत्यु भएपछि अहिले सहकारी अस्पताल तनावग्रस्त भएको छ । हेटौँडा १७ हटियाकी २५ वर्षी सुनिता अर्यालको सुत्केरी गराउने क्रममा निधन भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । मृतकका श्रीमान सुमन अर्यालको अनुसार अस्पतालले प्रसा दिने प्रलोभन देखाएर घटनालाई गुपचुप राख्नको लागि समेत भनेको थियो   हाल मृतकका आफन्तहरुले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन् । घटनाको पुर्ण विवरण आउन बाँकी रहेको छ । पीडितका आफन्तहरुले अस्पतालको चरम लापरबाहीको कारण सुत्केरीको मृत्यु भएको बताएका छन् ।  (copy : khabarbreak.com)


सम्बन्धित समाचार शीर्षकहरु