Flash News

सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती (भिडियो)

सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती हेर्नुहोस भिडियो

सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती हेर्नुहोस भिडियो

Posted by मकवानपुर खबर on Thursday, May 3, 2018

३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् ।
बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन सुस्केरामाथि आक्रमण भएको हो । त्यस्तै अर्का पत्रकार धु्रब भट्टराईमाथि समेत आक्रमणको प्रयास गरेका थिए । फोटो खिच्ने क्रममा एसएसपी लोहनीले सुस्केरामाथि आक्रमण प्रयास गरेका हुन् । लोहनीले फोटो खिच्दै गरेका सुमनको क्यामेरा खोस्ने प्रयास गरेका र नभेटेपछि मुक्का प्रहार गरेका थिए ।

सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती हेर्नुहोस भिडियो

सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती हेर्नुहोस भिडियो

Posted by मकवानपुर खबर on Thursday, May 3, 2018

तर उनको मुक्का प्रहारसँँग सुमन भागेपछि लाग्नबाट जोगिएको थियो । प्रहरी अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए । एसएसपी लोहनी सहित ६३ जना बिरुद्ध जिल्ला अदालत मोरङमा बिभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । ६३ जनाको मुद्दा दर्ता भएपनि २९ जना अदालतमा हाजिर गराईएका छन् । बुधबार जिल्ला अदालत मोरङमा सनम शाक्य हत्यामा संलग्न रहेको भन्दै मुद्दा दर्ता भएको छ ।