Flash News

सुरेनले आरुषीलाई अंगालो मारेर सेल्फी हानेपछि यस्तो भयो (भिडियो सहित)

दिपक सिंह रुम्बा
काठमाण्डौ, ४ बैशाख/मेडल सुरेन खड्काले आरुषी मगरलाई लाई अंगालो मारेर सेल्फी हानेको भिडियो सार्बजनिक भएको छ । तर यो भिडियो गायक तथा सर्जक बिरेन्द्र खड्काको “सेल्फी” बोलको नया गीतको हो । गायक बिरेन्द्र खड्का र तृप्ती खड्काको मिठो स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियो पनि निक्कै राम्रो बनेको छ ।
नेपालको चर्चित पर्यटकिय स्थल तथा विश्व सम्पदामा सुचिमा सुचिकृत बिभिन्न ठाउँहरुमा मेडल सुरेन खड्काले आरुषी मगरले गरेको दमदार अभिनयले गीतलाई सुनमा सुगन्ध थाप्ने काम गरेको छ । बिरेन्द्र खड्काको शब्द/लय रहेको उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका थिए । निक्कै उत्कृष्ट शब्दले सजिएको उक्त गीत प्रकाश खड्काको छायांकन र राजेश कुमारको सम्पादनमा तयार पारिएको भिडियोलाई बि.जी. इन्टरटेइनमेन्ट ले बजार ब्यबस्थापन गरेका छन ।
भिडियो हेर्नुहोस्