Flash News

सेनाद्वारा पशुपतिनगरमा शंकास्पद निस्क्रिय, बम नभई पटाका भएको खुलासा

Post Views : 67 Views

हेटौँडा,३०, फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ को नेतृत्वले आह्वान गरेको नेपाल बन्दका क्रममा मकवानपुरको हेटौँडामा पनि बमको त्रास फैलिएको छ । अहिलेसम्म मकवानपुरको केही ठाउँमा आगजनी, ढुङ्गा प्रहारका साथै बम फेला परेको सम्मका घटनाहरु भएका छन् ।

यसैबिच पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ एचआईडीमा बम जस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका छन् । एफएम चोकमा टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् । अहिले त्यहा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको सञ्चारकर्मी सम्झना घिमिरेले बताईन् ।

शंकास्पद बस्तु सेनाको टोलीले निस्क्रिय पारेको छ । डिस्पोजपछि सो बस्तु पटाका भएको फेला परेको छ । निस्क्रिय पारी सेनाको टोली फर्किएको छ । पटाका बेरेर खतारा लेखी छोडिएको रहेछ, एक सुरक्षा अधिकारीले तु खबरलाई भने । सेनाले त्यसलाई निस्क्रिय पारेको छ ।

बिहान फेला परेको सो शंकास्पद बस्तुका कारण केही बेर त्रास बढेको थियो । घटनास्थल पुगेको प्रहरीले शंकास्पद बस्तु बम भएको आशंकामा त्यसलाई निस्कृय पार्न सेनालाई बोलाएको थियो ।