Flash News

स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो

Post Views : 141 Views

मकवानपुर खबर ८ माघ । हेटौंडा १० बसपार्क क्षेत्रमा हिजोमात्र शिलान्यास गरि निर्माण प्रारम्भ गरिएको तौलपुलको खाडललाई उपमहानगरपालिकाले पुरेको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट हेटौँडा बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीयले विरोध गरेपछि उपमहानगरपालिका आफैंले तौलपुलको लागि खनेको खाडल पुरेको हो ।
बिहानैबाट स्थानीय बसपार्क क्षेत्रमा तौलपुल निर्माण गर्दा समस्या हुने भन्दै विरोध जनाएपछि केहि बेर बसपार्क क्षेत्रमा तनाव भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष कितापसिंह लामाले आफुलाई थाहानै नदिई नगरपालिकाले काम गरेको भन्दै विरोध जनाएका थिए । उनले मेयरको एकलौटी निर्णयले पुल निर्माण गर्न नमिल्ने भन्दै उक्त खाडल पुरेको बताए ।