Flash News

स्वर्ण जयन्ती सत्संग समारोह सुरु,हजारौंको सहभागितामा नगर परिक्रमा ( फोटो सहित)

मकवानपुर÷१३ फागुन

मानव धर्म सेवा समितिको स्वर्ण जयन्ती सत्संग समारोह २०७३आजबाट सुरु भएको छ।आजदेखी हेटौडाको टि.सि.एन.मैदानमा सुरुभएको स्वर्ण जयन्ती सत्सग भोली सम्म चल्ने छ।मानव धर्मको सुरुवात भएको हेटौँडामा सुरु गरिएको संत्संगमा हजारौँको सहभागिता रहेको छ।

 


समारोहको अवसरमा  आज सद्गुरुद्ेव महाराजलाई समितिको तर्फवाट मानव धर्मका अध्यक्ष ठाकुर प्रसाद पौडेलले अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो भने सोही अवसरमा मकवानपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राज कुमार न्यौपानेले मानव धर्मका प्रणेता सद्गुरुदेव महाराजलाई स्थानियको तर्फबाट अभिनन्दन पत्रद्धारा सम्मान गरेका थिए ।  कार्यक्रमसुरु हुनु पुर्वहजारौं भक्तजनको सहभागितामा हेटौडा नगर परिक्रमा गरिएको थियो । आत्माको उत्थान, सामाजिक सेवा तथा समाजमा शान्तिको सद्भावना फैलाउने विभिन्न नाराहरुक लगाउदै विभिन्न जातजातीका भेषभुषा, झाँकि, व्याण्ड बाजा सहित हेटौडा बजारमा आज शोभायात्रा गरीएको । टिसिएन ग्राउण्डबाट सुरु भएर सव्जीमण्डी, बसपार्क, नवलपुर,टेम्पो पार्क, राप्ती रोड हुदै बुद्ध चौक बा हेडम्बी हाईट, लोकप्रिय भोजनालय, मानस चौक, संगम, चौक, कान्तीराजपथ स्कुल रोड, सितल महल चौक, राजमार्ग हुदै सोलिडारीटी स्कुल हुदै पुन टिसिएन ग्राउण्डमा गएर शोभायात्रा समापन गरिएको छ ।




सम्बन्धित समाचार शीर्षकहरु