Flash News

हिन्दु राष्ट्रको लागि जनमत संग्रहको माग गर्दै ज्ञापनपत्र

मकवानपुर

हिन्दु राष्ट्रको लागि जनमत संग्रहको माग गर्दै राप्रपा मकवानपुरले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मंसीर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्बाचनसंगै राक्ष्ट्रिय जनमत संग्रह समेत हुनुपर्ने माग राख्दै राप्रपाले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । राप्रपा मकवानपुरको पार्टी कार्यालयबाट निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र दिने कार्यक्रममा परिणत भएको थियो । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । ज्ञापनपत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी खड्काले ज्ञापनपत्र छिट्टै नै प्रधान मन्त्रि सम्म पुर्याउने प्तिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापा, नेताहरु सिताराम बर्तौला लगायत राप्रपाका अन्य नेता तथा कार्यकर्ताहरुकोे उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार शीर्षकहरु