Flash News

हिन्दु राष्ट्र पुनः स्थापनाका लागि मकवापनुरमा हालसम्म ४५ हजार हस्ताक्षर संकलन


मकवानपुर। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सरकारलाई दवाव दिन देशभर हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ ।
चैत्र १७ गते पार्टी अध्यक्ष कमलथापाले हेटौडामा एक कार्यक्रमका बिच अभियानको सुभारम्भ गर्नुभएको थियो । चैत्र २३ गते सम्म संचालनहुने अभियानमा हालसम्म मकवापनुरमा मात्र ४५ हजार हस्ताक्षर संकलन भएको छ।
८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो ।
विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको अभियान्ता भृगु कार्कीले बताउनुभयो ।

संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने पार्टीको योजना छ । ८१ प्रतिशत भन्दा बढि हिन्दुहरु बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापना गर्न सरकारलाई दवाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको पार्टीका सह महामन्त्री राजाराम बर्ताैलाले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो ।