Flash News

हेटौँडामा जारी मेलामा आज काउली बुढी(सन्ध्या बुढा) र सालको पातका गायक कुलेन्द्र विक आउने

Post Views : 284 Views

हेटौँडा, २७ फागुन । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज अहिलेको चर्चित गीत सालको पातका गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) आउने भएका छन् । चर्चित गीतहरु दिएर छुट्टै पहिचान दिन सफल गायकले मेलामा मनोरञ्जन दिने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए ।

मेला एक दिन थप भएको अबका दिनमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले बताए ।
फागुन १८ गते सुरु भएको मेलामा आठौं दिन सम्म २ करोड ७५ लाख बराबरको कारोबार भएको संघका सचिव तथा प्रवत्ता काव्यमणि अधिकारीले बताए । दर्शकको माग र चाहाना अनुसार मेला २९ गते सम्म हुने गरि एक दिन थप भएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।