Flash News

हेटौंडाको शीर उच्च बनाउँदै “नेपाल आइडल”को शिखर चढ्दै बिद्या तिवारी

दिपक सिंह रुम्बा
हेटौंडा, १५ असार/नेपालको इतिहाँसमै पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय संस्करणको विशाल गायन प्रतियोगिता हो “नेपाल आइडल” । नेपालमा रहेका सांगीतिक क्षेत्रमा सम्भावना बोकेको संगीत प्रेमीहरुको बिशाल जम्काभेट हो “नेपाल आइडल” । जुन प्रतियोगितामा नेपाल आधिराज्यभरीबाट हजारौले कार्यक्रममा सहभागि भएर आफ्नो गायन कला प्रस्तुत गरेका थिए । सबैको कला उत्कृष्ट हुँदैन अनि निर्णायकहरुलाई उत्कृष्ट मध्येबाटै सर्बोत्कृष्ट छान्नु पर्ने जिम्मेवारी हुन्छ त्यसैले अहिले “नेपाल आइडल” निकै रोमाञ्चक मोडमा पुगेको छ ।हजारौँबाट छानिएर बिस्तारै “नेपाल आइडल” झन कठिन मोडमा पुगेको बेलामा हेटौडाकी बिद्या तिवारी पनि उत्कृष्ट १८  भित्रमा पर्न सफल हुनु भएकी छिन । गायन क्षेत्रमै आफ्नो भविश्य देखेका बिद्या आफु नेपाल आईडको यतिसम्म आईपुग्नुमा नै आफु धेरै खुसी रहेको र सबैको साथ पाएमा अझै अधि बढेर सांगीतिक क्षेत्रमै केही गरेर आफ्नो नामसंगै हेटौंडाको नाम नेपालभर चिनाउने सपना रहेको बताउँछिन । थुप्रै गायन प्रतियोगितामा सहभागी तिवारीलाई सानै देखि गायनमा रुचि भएको र यसरी गायन क्षेत्रमा सफल हुन र यस क्षेत्रलाई रोज्नुको प्रेरणाको मुख्य श्रोत आफ्नो पितालाई दिन्छिन । हेटौँडा उपमहानगरपालिका वडा नं २ मानसचोक घर भएकी तिवारीको गायन प्रस्तुतिले सबै दर्शक र निर्णायकको मन जित्न सफल भएकी छिन । हेटौंडेली चेली बिद्या तिवारीलाइ “नेपाल आइडल”मा अगाडी बढाउने/नबढाउने भन्नेमा हाम्रो पनि धेरै हात हुन्छ । बिद्या तिवारी “नेपाल आइडल” भएमा हेटौंडाको पनि छुट्टै सान हुनेछ त्यसैले “नेपाल आइडल”मा बिद्यालाई अगाडी बढाउन सबैले बिद्याको गायन प्रस्तुलाई हेरेर राम्रो लागेमा अगाडी बढाउन बिद्यालाई भोट दिनु जरुरी हुन्छ । आज असार १५ गते बिहीबार राति ९ बजेदेखि भोली असार १६ गते शुक्रबार मध्यान्ह १२ बजे सम्ममा सबैले भोट गर्न सक्नु हुनेछ । बिद्या तिवारीलाइ भोट गर्न को लागि मोबाइल को Massage Box मा गइ 02 Type गरि 35225 मा message गर्नुपर्ने छ । नेपाल बाहिर बाट, Nepal idol को official application बाट गर्न सक्नुहुन्छ । बिद्या तिवारीलाइ भोट हाली प्रथम “नेपाल आइडल” हेटौंडेली चेलिलाई बनाई हेटौडाको शिर उच्च बनाउन बिद्यलाई सहयोग गरौँ ।


सम्बन्धित समाचार शीर्षकहरु