Flash News

हेटौंडामा चोरवाटोबाट कलेज संचालन, कारवाही कहिले हुने ?

हेटौंडा, ८ श्रावण/मकवानपुर जिल्लाका केही प्लस टु हरु चोरवाटोवाट संचालनमा आइ विधार्थी भर्ना शुरु गरेका छन् । जसको कारण विधार्थीको भविश्य समेत अन्यौलमा पर्नै भएको छ । हेटौडाको मुख्य वजारमा कार्यालय संचालन गर्दै विधार्थी भर्नाको प्रचार प्रसार गर्ने हेटौडा सिटी कलेज, नारायणी कलेजले साइन्स, व्यवस्थापन मानविकी लगायतका विषयमा विधार्थी भर्ना खुला गरेका छन् । जवकी यी विधालयहरुले कलेज भने अर्काको नाममा चलाउन अनुमति दिएका छन् । प्लस टु संचालन गर्न अनिवार्य रुपमा आफ्नै विद्यालयमा हुनुपर्ने अनिवार्य सर्तलाइ लत्याउदै चोरवाटो वाट भएका विधालयको हवाला दिदै कक्षा संचालन भइरहेको पाइएको छ । तुल्सी मेयरको नाममा विधालय संचालन गर्दैै कलेज तथा प्लस टु भने नारायणी कलेजको नाममा संचालन भइरहेको छ भने जेनिथको नाममा विधालय संचालन गर्दे प्लस टु तथा कलेज भने हेटौडा सिटी कलेजको नाममा चोरवाटो वाट संचालनमा आएको हो । विधालयहरुलेनै प्लस टु संचालन गर्नु पर्नेे अनिवार्य सर्त हो जिल्ला शिक्षा अधिकारी विरेन्द्रजंग थापाले वताउनु भयो । प्लसटु भरखर आफूहरु मातहतमा आएको कारण सवै कुरा वुझ्न वाकी रहेको उहाको भनाइ छ । यसै विषयमा हेटौडा सिटी कलेजका संचालक अनिल पान्डे भने आफुहरुले जेनिथको नाममानै प्लस टु संचालन गरेको तर विज्ञापन मात्र कलेजको समेत गरेको वताउनु हुन्छ । यसो त प्लस टु तथा क्याम्पस समेत एकै छानामुनी तथा एकै भवनमा संचालन गर्न नपाउने भएपनि यो नियम पनि अधिकाशं क्याम्पसहरुले पुरा नगरिएको पाइएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु