Flash News

हेटौंडामा प्रदेशस्तरी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा

Post Views : 903 Views

९ माघ, हेटौंडा । हेटौंडामा प्रदेशस्तरी यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश ३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो ।

हेटौंडा-११ स्थित थानाभर्‍याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, वाषिर्क कर असुली, जाँचपास, इजाजत पत्रको नविकरण पटके कर र अस्थायी रुट परमिटको काम गरिने भएको छ ।

बुधबारबाट सुरु भएको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश ३ मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने इलेक्ट्रोनिक गाडीलाई पहिलो नम्बर (प्रदेश-३-३, ००१-झ ०००१) प्रदान गरी सेवा सुरु गरिएको छ ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कार्यालय स्थापनासँगै कुनैपनि सेवाग्राहीले काम भएन भनेर गरेको गुनासो सुन्न नपर्ने वातावरण बनाउन निर्देशन दिएका छन् ।

केही दिनमा सवारीचालक अनुमति पत्रको नबिकरणको काम सुरु हुने कार्यालयले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र दिनका लागि केही पूर्वाधारको अभाब रहेकाले अहिले सुरु नभएको कार्यालयका प्रमुख पुष्कर थापाले बताए ।