Flash News

हेटौंडा ४ का अब्दुल्ला देवान प्रहरीलाई घुसदिन खोज्दा पक्राउ

Post Views : 285 Views

 

मकवानपुर,९ माघ

अख्तियारले घुसलिनेलाई मात्रै पक्राउ गरेको घटना बाहिर आउने गरेको थियो। बुधबार अख्तियारले घुस दिनेलाईसमेत पक्राउ गरेको छ।
प्रहरीलाई घुसदिन खोज्ने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो। मकवानपुर हेटौंडा उप महानगरपालिका –४ का  ३० वर्षीय अब्दुल्ला देवान र बाँके कोहलपुर नगरपालिका १२ का ३७ वर्षीय नवराज थापालाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
आफ्नो चौपाया व्यवसायको काम सहज गरिदिने प्रयोजनले प्रहरीलाई ५० हजार घुस दिन खोज्दा उनीहरु पक्राउ परेका हुन्। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाय हुने छ।