Flash News

हेटौडा अस्पतालमा डाक्टरहरुको मनोमानि

Post Views : 1133 Views

मकवानपुरको जिल्ला अस्पताल हेटौंडा अस्पतालमा चिकित्सक र अस्पताल विकास समीतिको मनोमानीका कारण बिरामी निजी अस्पताल तथा किल्नी धाउन बाध्य छन् । अस्पतालमा आउने बिरामी जिल्ला अस्पतालमा नाम दर्ता गराएर उपचार गराउन डाक्टरको फुर्सद कुरेर बस्न बाध्य छन् ।
सरकारले तोकेको सातामा न्युनतमा ४२ घण्टा अस्पतालमा काम गर्नु पर्ने नियम लत्याउँदै अस्तपालले नै सातामा ३५ घण्टा तोकेको छ । अस्पतालका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट कमल दवाडी, बाल रोग बिशेषज्ञ हरि बहादुर खड्का दिउसो १ बजे देखिनै सोही स्थानको हेटौडा सहकारी अस्पताल, गुराँश मेडीकलमा काम गर्दै आएको पाइएको छ । उनीहरुकै समय तोकेर सहकारी अस्पताल र बिरामीको नाम दर्ता गराइरहेको तथ्य समेत फेला परेको छ ।
अस्पतालको लापरवाही यति मात्रै होइन अस्पतालमा रहेको एक्सरे मेसीन समेत कर्मचारीहरुले नियतबस बिगारेको भेटीएको छ । केहि साता अघि मात्रै स्वास्थ्य मन्त्रालयको अनुगमनले बाहिर निजी कील्नीकको व्यापारका लागि भित्रको एक्सरे मेसीन जानजान हतीयार प्रबिगारेको प्रतिवेदन दिएको छ ।
यति मात्रै होइन अस्पतालमा लामो समय परिक्षणका लागि राख्नु पर्ने तथा वेवारीसे शब राख्ने रेफ्रीरीजेरेटर समेत बर्षौदेखि बिग्रीएको छ । अस्पतालको सामान्य खर्चमा मात्रै बन्न सक्ने रेफ्रीरेजेरटर नबनाउँदा कुनै पनि २ दिन भन्दा बढि राख्न समस्या हुने गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कमल दवाडीले यसरी अस्पताल समयमा निजी क्लिनिकमा जान नपाइने बताए । ‘त्यसरी गएको पाइए कारबाही हुन्छ,म छाबिन गर्छु’,उनले भने । यस अघि पनि सेवाग्राहीले डाक्टर सरकारी समयमा पनि निजि क्लिनिकमा जाने गरेको गुनासो गर्दै आएको थियो ।