Flash News

हेटौडा अस्पताल काण्ड : रमेश श्रेष्ठ माथी लगाइएका मुद्धा फिर्ता लिन आग्रह

मकवापनुर
हेटौडा अस्पताल कर्मचारी युनीयनले अध्यक्ष रमेश  श्रेष्ठ माथी लगाइएका मुद्धा फिर्ता लिन आग्रह गरेको छ। युनियनले आज जिल्ला प्रशासन कार्यालय ,हेटौडा अस्पताल विकास समिती हेटौडा उपमहानगरपालिका,उद्योग वाडिज्य संघ, पत्रकार महासंघ तथा मकवानपुरका कृयासिल राजनितीक दललाई बोदार्थ सहित ज्ञापन पत्र बुझाएको हो । हेटौडा अस्पतालमा कार्यरत मे.सु शर्बेस शर्मा पोखरेल माथि भएको दुब्यवहार युनियन अध्यक्ष श्रेष्ठको आवेगमा र भुलबस भएकोले सामान्य विदावलाई ठुलो नवनाउन आग्रह गरेको छ। श्रेष्ठ विरुद्ध सार्वजनिक मुद्धा दाएर गरेर उनलाई जागिर वाटै बरखास्त दुखद भएको भन्दै निर्णय फिर्ता नलिए जुनसुकै कदम उठाउन बाध्य हने चेतावनी दिएको छ। डा शर्माले घटनालाई साम्य पार्नुको भन्दा जटिलता तर्फ धकेलेको ठहर गर्दै यस्तो ब्यवहारले कर्मचारीहरु र डाक्टरहरु विच आन्तरिक मतभेद तथा द्धन्दको सिृजना हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।


सम्बन्धित समाचार शीर्षकहरु