Flash News

हो, मैले हतियार राखेको छु तर प्रक्रिया पूरा गरेर : प्रकाश दाहाल

Post Views : 574 Views

काठमाडौं, चैत ४ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा एवं उहाँका निजी सचिव प्रकाश दाहालले आफूले हतियार राखेको बिषयलाई अतिरञ्जित गर्न आवश्यक नभएको बताउनुभएको छ ।

प्रक्रियासंगत रुपमा हतियार राखेको र हतियारसम्बन्धी निश्चित मापदण्ड र सर्तहरु मानेकाले हतियार राख्नु कुनै नौलो कुरा नभएको उहाँको आशय छ । उहाँले शुक्रबार फेसबुकमा लेख्नुभएको छ, ‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्रिया पूरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो । तर नेपालको कानुनअनुसार प्रक्रिायासंगत रुपमा हतियार राखेको कुरालाई अतिरञ्नित गर्न आवश्यक छैन ।’

आफूले हतियार राखेको विषयलाई कतिपयले सामाजिक सञ्जालमा र केही सञ्चार माध्यमले समेत अतिरञ्जित गरेको उहाँको आरोप छ । आफूले लिएको पेस्तोल १५ लाख रुपैयाँको भनेर चर्चा चलेको गलत भएको भन्दै उहाँले भन्नुभएको छ, ‘मैले लिएको बाइस बोर १५ लाखको होइन, सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार रुपैयाँ बराबरको हो ।’

निश्चित कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्…

Posted by Prakash Dahal / प्रकाश दाहाल on Friday, March 17, 2017