Flash News

१२ जना द्वन्द्व प्रभाबित बालबालिकालाई छात्रबृत्ति

हेटौंडा/हाँडीखोलाका द्वन्द्व प्रभाबित १२ जना बालबालिकालाई बुधबार छात्रबृत्ति प्रदान गरिएको छ । जिल्ला बालकल्याण समिति मकवानपुरका परियाजना तथा सूचना अधिकृत रबि हमालले कक्षा ११ र १२ मा अध्ययन गरिरहेका १२ जनालाई जनही ६ हजार रुपैया“का दरले छात्रबृत्ति दिएको जानकारी दिए ।
२०६० माघको तेस्रो सातातिर हा“डीखोला–४ को भिमानमा भएको घटनाका प्रभाबित परिबारका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको हो । हमालस“गै पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य, बिश्वपरिदृष्य वकालत मञ्च मकवानपुरका कार्यक्रम संयोजक अधिवक्त श्रद्धा ढु“गाना, गीतादेबी पौडेल, हा“डीखोला बालसंरक्षण समितिका संयोजक कृष्णप्रसाद पौडेल, सीता माविका शिक्षक पबित्रा ढु“गानाको टोलीले भिमान पुगेर छात्रबृत्ति रकम हस्तानतरण गरेको हो । हा“डीखोलाका ६ जनालाई यस अघि नै छात्रबृत्ति प्रदान गरिएको थियो । हालसम्म मकवानपुरका एक सय ८४ जना बालबालिकालाई जिल्ला बालकल्याण समितिले छात्रबृत्ति प्रदान गरिसकेको अधिकृत हमालले जानकारी दिए । २०६० मा भिमानमा भएको घटनामा स्थानीय सर्बसाधारण २ जनासहित २१ जनाको हत्या भएको थियो । पानी, विद्युत, सडक, शिक्षा, स्वास्थ्य, संचारलगायत विकासका पूर्बाधार नपुगेको भिमानमा २० घर परिबार बसोबास गर्दै आएका छन् । पर्सा बन्यजन्तु आरक्ष (हाल राष्टिूय निकुञ्ज) को मध्यबर्ती क्षेत्रमा रहेको भिमानको बस्ती स्थानान्तरण गर्ने सरकारको प्रयास हालसम्म सफल हुन सकेको छैन । एलानी बस्ती भएका कारण उनीहरको क्षेत्रमा विकासका कुनैपनि पूर्बाधार नपुगेको स्थानीयले गुनासो गरेका छन् ।