Flash News

३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइयो ।

सागर सापकोटा  मकवानपुर ÷

१७ वैशाख,पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका अन्य ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा तानिएकोा छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।त्यस्तै, डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा पुगेका छन् । त्यस्तै, धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा पुगेका छन्