Flash News

३ नम्बर प्रदेश सरकारले ल्यायो ४७ अर्ब ६० करोडको बजेट

Post Views : 50 Views

 ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट ल्याएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारको तर्फबाट उक्त बजेट विनियोजित गरिएको बताएका छन् ।उनले उक्त बजेटमध्ये चालु पुँजीतर्फ २४ अर्ब ४० करोड ७९ लाख, पुँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र बित्तियतर्फ ३० करोडको बजेट छुट्याईएको बताए ।

बजेटमा प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पततालको स्तरोन्तती, बाँझो जग्गामा सामुहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिईएको छ