Flash News

४३ जिल्लामा पत्रकारको चुनाव सकियो, २४ मा चौतारी, १३ मा युनियनको जित

२३ फागुन, काठमाडौं  
नेपाल पत्रकार महासंघको ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । सुदुरपश्चिमका केही जिल्लामा आज सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ ।
सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १३ जिल्लामा जिल्ला अध्यक्ष जितेको छ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा।बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष हात पारेका छन् । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् ।
सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङरमुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।

विजयी जिल्ला अध्यक्षहरुको सूची यस्तो छ

प्रेस चौतारीले जितेका २४ जिल्ला

पर्सा -श्याम बञ्जरा
मकवानपुर-हरि हुमागाई
ताप्लेजुङ-राजेन्द्र श्रेष्ठ
धनुषा- अनिल मिश्र
महोत्तरी-कमलेश मण्डल
धादिङ -नवराज छतकुली
दोलखा -जीवन लामा
दाङ- सबिन प्रियाशन
रसुवा-हेमनाथ खतिवडा
सिन्धुली-राजन कार्की
उदयपुर-भरत खड्का
बाँके -ठाकुर सिंह थारु
इलाम-कोकिला ढकाल
मोरङ-बन्धु पोखरेल
कास्की-दिपेन्द्र श्रेष्ठ
अर्घाखाँची- हिम बहादुर जिसी
खोटाङ्ग- दमन राई
म्याग्दी – तारानाथ शर्मा
गुल्मी -नवराज भुषाल
लम्जुङ -आश गुरुङ
बागलुङ – दिल श्रीष
हिमालयन टिभी – वाई बी घिमिरे
नेपाल एफएम – बैकुण्ठ ढकाल
दार्चुला- शंकर धामी

प्रेस युनियनले जितेका १३ जिल्ला

सुनसरी -अमर खड्का
गोरखा -किशोरजंग थापा
पर्वत -छविलाल तिवारी
धनकुटा -राजेश्वरबाबु श्रेष्ठ
सिन्धुपाल्चोक- महेश श्रेष्ठ
कपिलवस्तु- डिल्लीराम भुसाल
नवलपरासी-होमराज रानाभाट
रामेछाप-रमेश ढुंगेल
संखुवासभा -इन्द्र गिरी
तेह्रथुम -नरेश ढुंगाना
कैलाली – जगत साउद
डोटी -योगेन्द्र बलायर
अनलाइन पत्रकार संघ -शिव सत्याल

प्रेस सेन्टरले जितेका ४ जिल्ला

सल्यान -प्रतिक इच्छुक शर्मा
रुपन्देही -यानेन्द्र जिसी
प्युठान – महाबीर राना
झापा – तारामणि सापकोटा

निर्वाचन हुन बाँकी १४ जिल्ला

पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्र, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी ।

श्रोत : अनलाईनखबर


सम्बन्धित समाचार शीर्षकहरु