Flash News

६ महिने कम्प्युटर तालीम सञ्चालन हुदै

Post Views : 151 Views

 व्यवशायीक तथा प्राविधीक शिक्षाको बढ्दो माग रहीरहेको बेला चिनिया संस्था गुड विल फाउन्डेसन र नेपाली सामाजीक सेवाहरुमा सक्रिय संस्था सामाजीक रुपान्तरणको संयोजकत्वमा ६ महिने कम्प्युटर तालीम सुरु भएको छ । नेपाली तथा चिनिया प्रशिक्षकहरुको प्रत्यक्ष संलघनतामा गराइने उक्त तालीमलाई बेसीक तथा एड्भान्स गरी २ चरणमा सिकाइने आयोजकले बताएका छन । समुद्धघाटन समारोहमा बोल्दै चिनिया प्रतिनिधिले नेपाल र चिन बिचको सदियौ देखि सहयोग आदान प्रदान हुदै आएको र आफ्नो संस्थाले आगामी दिनहरुमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको थिय । सामाजीक रुपान्तरण को संयोजकत्वमा सञ्चालीत यो कार्यक्रमले नेपालीहरुलाई प्रविधी शिक्षाको बारेमा सक्क्षमता प्रधान गर्न कोषे ढुंगा सावित हुन सक्ने संस्थाका प्रतिनिधिले बताएका थिय । करीब २० जन प्रशिक्षार्थी रहने उत्त तालीमामा साधारण चिनीया भाषा समेत सिकाइने आयोजकले जानकारी दिएका थिय । चिनिया संस्था र नेपाली संस्थाको सहकार्यमा सञ्चालन भएको यो तालीमले आफुहरुमा भविष्यमा चाहिने अतिनै महत्वपुर्ण प्राविधक ज्ञान प्राप्त हुने हुदा यो निकै प्रभावकारी हुने भन्दै प्रशिक्षार्थीहरुले आयोजलाई धन्यवाद ज्ञापन गरेको थिय । त्यस्तै कार्यक्रममा चिनिया प्रतिनिधिले एक थान प्रोजेक्टर हस्तान्तरण गरेका थिय साथै तालीमलाई आवश्यक पर्ने अन्य सामाग्रीहरु पनि भविष्यमा सहयोग गर्दै जाने बताएका थिय । विगतमा पनि कम्प्युटर तालीम सञ्चालन गरिसकेको यो संस्थाले आगामी दिनहरुमा पनि तालीमलाई निरन्तरता दिन बताएका थिय । पक्कै पनि सरकारले परिकल्पना गरिरहेको व्यवसायीक तथा प्राविधिक शिक्षालाई विभिन्न संघ संस्थाहरुले आआफ्नो क्षेत्र बाट यसरी नै सहयोग गर्ने हो भने नेपालीहरुको प्रविधि शिक्षामा पुग्न नसकेको पहुच पुग्ने छ । प्रविधिमा विश्व धेरै नै आगाडि बढि सकेको अवस्थामा नेपालीहरुले साधारण कम्प्युटर शिक्षा पनि पाउन नसक्नु पक्कै पनि विडम्बनाको विषय हो त्यसकारण यस्ता संस्थाहरुले आयोजना गर्ने यस किसिमका तालीमहरुलाई हामी सबैले सहयोग गर्नु पर्दछ ।