Flash News

चौलागाईं सहित ४ जनालाई वर्ष व्यक्ति सम्मान

Post Views : 389 Views

मकवापनपुर ।


सामुदायिक सञ्चार समूहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज र निकास साप्ताहिकको आयोजनामा थाइल्याण्डको बैंककमा “सन्देश अवार्ड, सम्मान एवम् पत्रकारिता पुरस्कार समर्पण समारोह–२०७५“ सम्पन्न भएको छ । कार्यक्रममा रेडियो सन्देशकोतर्फबाट समाजमा योगदान गर्नेलाई अवार्ड सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वर्ष व्यक्ति सम्मानबाट धार्मिक एवं सामाजिक क्षेत्र बाट निरन्तर लागिरहनुभएको केदार चौलागाईं सम्मानित हुनुभएको छ। पत्रकारिता क्षेत्रमा रहेर लामोसमय सकृय रहुनुभएका र धार्मिक क्षेत्र को नेतृत्व पंक्ति मा रहनु भएका केदार चौलागाईंलाई वर्ष व्यक्ति सम्मान बाट सम्मानित गरिएको हो । चौलागाईं सँगै अबिनास गजुरेल, रामचन्द्र पौडेल, राजेन्द्र ढुंगानालाई पनि सम्मानित गरिएको थियो । यसैगरी निकास सन्देश सामुदायिक सम्मानबाट नेपाली भाषा, कला र सस्कृती संरक्षणमा कृयाशिल दीपक पराजुली र सामाजिक व्यक्तित्व सुनिल खड्कालाई सम्मान गरिएको थियो । सोही अवसरमा पत्रकारीतामा सकृय रहेका २ जना पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो ।