Featured

Featured posts

जनताको सेवाका लागि उम्मेदवारी दिएको हुँ : राप्रपा उम्मेदवार दीपक बहादुर सिंह

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंहले आफूले राजनीति जनताको सेवाका लागि गरेको बताएका छन्। हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई जनताको हित र सेवाका लागि रहेको स्पष्ट पारे। उनले भने, “मैले राजनीति गरेको जनताको सेवाका लागि […]

पूरा समाचार पढ्नुहोस्

लागुऔषध मुक्त समाजका लागि मनहरीमा अभियान अन्तर्गत बहुआयामिक कार्यक्रम सम्पन्न

मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने अभियान अन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको छ। अभियानको प्रमुख कार्यक्रमका रूपमा आयोजना गरिएको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख […]

पूरा समाचार पढ्नुहोस्

प्रहरी–सञ्चार सहकार्य सुदृढ बनाउन बागमती प्रदेश प्रहरीको अन्तरक्रिया

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय ले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको उपस्थितिमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूसँग परिचय आदान–प्रदान तथा समसामयिक विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा हुनसक्ने सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिएको थियो। शान्तिपूर्ण, भयरहित र निष्पक्ष […]

पूरा समाचार पढ्नुहोस्

मकवानपुर–१ मा कडा प्रतिस्पर्धा : सिंह र उपाध्यायबीच मुख्य भिडन्त, अन्य दल पनि सक्रिय

हेटौँडा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। मुख्य दलहरूका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएपछि चुनावी माहोल तातिएको हो। यस क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र गरी २३ जना प्रतिस्पर्धामा रहेका छन्। यद्यपि चुनावी प्रतिस्पर्धा भने मुख्यतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वर्तमान सांसद दीपकबहादुर सिंह […]

पूरा समाचार पढ्नुहोस्

मतदाता भेटघाटमा व्यस्त मकवानपुरका दुइ क्षेत्रका उम्मेदवार

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, पार्टीलगायत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । सबै राजनीतिक दलका जिल्ला कमिटीले […]

पूरा समाचार पढ्नुहोस्

राप्रपा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले निर्वाचित भएमा आफूले पाउने सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाहा नगरपालिका वडा नम्बर–७ अन्तर्गत चिसापानी, महादेव खर्क, देउखेललगायत विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार थोकरले जनताको हित, विकास र सुशासनलाई आफ्नो […]

पूरा समाचार पढ्नुहोस्

राप्रपाका सिंहले हलोमा मत माग्दै राष्ट्र र शास्त्रको संरक्षणमा जोड

हेटौँडा ।“राष्ट्र र शास्त्रको लागि तपाईंको एक भोट हलोमा” भन्ने मूल नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का पूर्व सांसद दीपक बहादुर सिंहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पुनः उम्मेदवारी दिनुभएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै स्थानीय […]

पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा राप्रपाप्रति बढ्दो जनसमर्थन, दुबै निर्वाचन क्षेत्रमा जितको अपेक्षा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत उनले आज हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुर तथा मनहरी गाउँपालिका–९ रजैयामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार–प्रसार संयोजक संगीन […]

पूरा समाचार पढ्नुहोस्

कागेश्वरी–मनहरामा कुन्ती पोखरेलको विजय लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार समिति गठन

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी–मनहरा नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवार कुन्ती पोखरेललाई विजयी गराउने लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ समिति गठन गरिएको हो। काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको प्रमुख आतिथ्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष सुजित […]

पूरा समाचार पढ्नुहोस्

श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा ‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]

पूरा समाचार पढ्नुहोस्