Author: admin
आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा–पम्पलेट हटाउन लगाएको जनाएको छ । प्रहरीका अनुसार केही सवारी साधनमा […]
पूरा समाचार पढ्नुहोस्‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर्वाचन गर्न थुप्रै चुनौतीहरु झेल्नु परेको बताउँदै यसैमा सरकारको पूर्ण ध्यान केन्द्रित गर्दा विकासको कुरामा […]
पूरा समाचार पढ्नुहोस्यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की
मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज, अश्लील भाषा प्रयोग तथा ज्यान मार्ने आशयका सन्देश पठाइरहेका छन्। खड्काले बताएअनुसार […]
पूरा समाचार पढ्नुहोस्अरूको आलोचना होइन, आफ्नै कामले जनतामाझ जानुपर्छ: सरस्वती थिङको संकल्प
हेटौँडा। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव तथा मकवानपुर क्षेत्र नम्बर १ की समानुपातिक सांसद उम्मेदवार सरस्वती थिङले आगामी निर्वाचनमा जनतामाझ जाने क्रममा अरू पार्टीहरूको आलोचना गर्नुपर्ने आवश्यकता छैन भन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले आफू र आफ्नो पार्टीले गरेका काम र योजनाबारे जनतालाई जानकारी गराउने कुरामा जोड दिनुभएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९मा […]
पूरा समाचार पढ्नुहोस्देश र जनता पहिलो, पार्टी पछि मात्रै : राप्रपा उम्मेदवार दिपक बहादुर सिंह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार दिपक बहादुर सिंहले आफ्नो राजनीतिक प्राथमिकता देश र जनता रहेको बताएका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र ९ मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफूका लागि सबैभन्दा पहिले राष्ट्र र जनताको हित रहेको स्पष्ट पारे। […]
पूरा समाचार पढ्नुहोस्जनताको सेवाका लागि उम्मेदवारी दिएको हुँ : राप्रपा उम्मेदवार दीपक बहादुर सिंह
हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंहले आफूले राजनीति जनताको सेवाका लागि गरेको बताएका छन्। हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई जनताको हित र सेवाका लागि रहेको स्पष्ट पारे। उनले भने, “मैले राजनीति गरेको जनताको सेवाका लागि […]
पूरा समाचार पढ्नुहोस्लागुऔषध मुक्त समाजका लागि मनहरीमा अभियान अन्तर्गत बहुआयामिक कार्यक्रम सम्पन्न
मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने अभियान अन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको छ। अभियानको प्रमुख कार्यक्रमका रूपमा आयोजना गरिएको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख […]
पूरा समाचार पढ्नुहोस्प्रहरी–सञ्चार सहकार्य सुदृढ बनाउन बागमती प्रदेश प्रहरीको अन्तरक्रिया
हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय ले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको उपस्थितिमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूसँग परिचय आदान–प्रदान तथा समसामयिक विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा हुनसक्ने सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरिएको थियो। शान्तिपूर्ण, भयरहित र निष्पक्ष […]
पूरा समाचार पढ्नुहोस्मकवानपुर–१ मा कडा प्रतिस्पर्धा : सिंह र उपाध्यायबीच मुख्य भिडन्त, अन्य दल पनि सक्रिय
हेटौँडा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। मुख्य दलहरूका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएपछि चुनावी माहोल तातिएको हो। यस क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र गरी २३ जना प्रतिस्पर्धामा रहेका छन्। यद्यपि चुनावी प्रतिस्पर्धा भने मुख्यतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वर्तमान सांसद दीपकबहादुर सिंह […]
पूरा समाचार पढ्नुहोस्मतदाता भेटघाटमा व्यस्त मकवानपुरका दुइ क्षेत्रका उम्मेदवार
हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, पार्टीलगायत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । सबै राजनीतिक दलका जिल्ला कमिटीले […]
पूरा समाचार पढ्नुहोस्